स्टार रेमिट कोरियाबाट लोन र फ्रि सिम सुविधा

कोरियामा नेपालीको मन जित्दै आएको स्टार रेमिटले अब ऋण र निशुल्क सिम सुविधा पनि दिन थालेको छ । “कोरियामा रहेका नेपालीहरुको पहिलो रेमिट” को रुपमा विश्वास जित्दै आएको यो रेमिटले १ करोड वन सम्म ऋण सुविधा दिदैं आएको छ । जेवी ई९ लोनको रुपमा १२.९देखि १५ प्रतिशत व्याजमा सो सुविधा रहेको छ ।

यसैगरी कोरियामा प्रयोग हुने सिम पनि निशुल्क दिइने छ । जसमा २० हजार वनको व्यालेन्स दिनुका साथै विभिन्न प्रकारका उपहार पनि लिन सकिने छ । कोरियाबाट रकम पठाउदा पहिलो रेमिटयान्स फ्रि गरेको स्टार रेमिटको दोङदेमुन स्थित ट्रेन स्टेशनको ३ गेट नजिक प्रमुख कार्यालय रहेको छ । कोरियामा घरमै बसेर एप डाउललोड गरि नेपालमा पैसा पठाउन सकिने छ ।

यो रेमिटले कोरियाका विभिन्न शहरहरुमा आफ्ना प्रतिनिधिमार्फत रेमिटयान्स, लोन र फ्रि सिम जस्ता सेवा दिदैं आएको छ । स्टार रेमिट कोरिया र नेपालको ईशारा रेमिट विच एमओयू भएर कार्य हुदै आएकोले कोरियाको स्टार रेमिटबाट पठाएको पैसा नेपालको ईशारा रेमिट मार्फत देशको जुनसुकै ठाउँमा प्राप्त गर्न सकिन्छ ।