कोरियाको स्टाररेमिट मार्फत रकम भित्र्याउने विश्वासिलो ईशारा रेमिट

काठमाण्डौं ।

दक्षिण कोरियाबाट रकम भित्र्याउने रेमिटमा ईशारा रेमिट विश्वासिलो रेमिट बनेको छ । पछिल्लो समय ईशारा रेमिटले कोरियाको स्टार रेमिटसंग एमओयु गरि रकम भित्र्याउने कार्य गर्दै आएको छ । 

कोरियामा रहेका नेपालीहरुलाई रेमिटमार्फत रकम भित्र्याउन लामो समय देखि ईशारा रेमिटले परामर्श दिदैं आएको छ । कोरियामा रेमिटयान्स कम्पनीले सेवा दिनु अघि बैंकसंगको सहकार्यमा पनि ईशारा रेमिटले नेपाल रकम भित्र्याउन सफल भएको थियो । त्यो आधारमा नेपाल राष्ट्र बैंकले नेपाल रकम भित्र्याउने सुचिको प्राथमिकतामा यो रेमिट परेको छ । 

ईशारा रेमिटले कोरियमा रेमिटयान्स प्रकृयामा समेत उल्लेखनिय योगदान गरेको छ । स्टार रेमिटसंगको एमओयू पछि भने कोरियाको  नेपालीहरुको विश्वासिलो रेमिटको रुपमा स्थापित हुदै आएको छ । हाल हात्तिसारमा मुख्य कार्यलय रहेको यो रेमिटले भैसेँपार्टी ट्रेनिङ सेन्टरमा सम्पर्क कार्यालय समेत खोलेको छ । नेपाल भरिको सम्पूर्ण वाणिज्य बैंक, विकास बैंक र फाईनान्समा एकाउन्ठमा डिपोजिट हुनाको साथै देशभरिका ७ हजार भन्दा बढि एजेन्टमार्फत रकम भुक्तानीको सुविधा रहेको छ ।